काठमाडौं :प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका शीर्ष नेताहरू केही बेरमा बालुवाटारमा बैठक बस्ने भएका छन्।

स्रोतका अनुसार बागमती प्रदेशमा रिक्त एक जना राष्ट्रिय सभा सदस्य पदका लागि जेठ ६ मा हुने उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार तय गर्नेबारे र वैशाख २७ मा प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने सम्बन्धमा तयारी गर्न शीर्ष नेताबीच छलफल हुन लागेको हो।

उपनिर्वाचनका लागि आज १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारको मनोनयन गर्नुपर्नेछ। एमालेले गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने भने पनि निर्णय गरिसकेको छैन।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *