काठमाडौं : राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आज हुँदैछ।

आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज मनोनयन दर्ता गर्ने मिति तोकेको हो। यसका लागि बिहान १० बजेदेखि दिउँसो चार बजेसम्मको समय तोकेको छ। उम्मेदवारको नामावली पनि आजै प्रकाशित हुँदै छ।

माओवादी केन्द्र, कांग्रेससहितका विपक्षी दलले साझा उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटालाई उठाउने भएका छन्।

एमालेले भने रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने भने पनि टुङ्गो लागिसकेको छैन।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *