गुल्मी, वैशाख २४ गते । गुल्मीको मुसिकोट नगरपालिकामा चट्याङ लागेर एक जनाको मृत्युभएको छ भने अन्य आठ घाइते भएका छन् । मृत्यु हुनेमा मुसिकोट –४ दजाकोटका १८ वर्षीया करिश्मा गाहा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङले घाइते उनीलाई अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्युभएको हो ।

आज बिहान घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ पर्दा सोही ठाउँका ४२ वर्षीया जुनी गाहा, १८ वर्षीया मेलिना गाहा, आठ वर्षीय जेनित गाहा, ३८ वर्षीय तुलबहादुर गाहा, ६० वर्षीय उजुरसिंह गाहा, ५५ वर्षीया फटिकला गाहा, ३२ वर्षीय चित्रबहादुर गाहा र २८ वर्षीया ज्योती गाहा घाइते भएका सो कार्यालयका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

घाइतेहरु मध्ये चार जनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ भने अन्य चार जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अनुहार लगायत शरीरमा चोट लागेको छ । उजिरबहादुर गाहा र भीम श्री गाहाको घरमा चट्याङ पर्दा उक्त घटना भएको प्रहरीले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *