प्रहरीले नेपालगन्ज उपमहानगरपालिका-१५ जमुनाहबाट ७ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थसहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका–८ का ३५ वर्षीय दिपक वली र ३४ वर्षीय पदम साह रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गर्दा उनीहरूलाई प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेको प्रहरीले बताएको छ ।
घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

