काठमाडौं :नेपाली कांग्रेसको संगठन विभागले कोरोना पीडित मजदुर ,साना व्यवसायी र रोजगार गुमाएकाहरूलाई राहत कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ।

संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञाका कारण रोजगार गुमाएका आम नागरिक, श्रमिक र साना व्यवसायीहरूले भोग्नु परेको पीडालाई मध्यनजर गर्दै आवश्यक राहतको प्याकेज यथाशीघ्र ल्याउन माग गरेको हो।
कोरोना महामारीको संकटका बेला एकतावद्ध भएर लड्न सबै तह र तप्कालाई पनि कांग्रेसले अनुरोध गर्दै स्वास्थ्य पूर्वाधार तथा स्वास्थ्य सामग्रीको अभाव हुन नदिन सरकारलाई आग्रह गरेको छ।
साथै आइसोलेसन केन्द्रहरू, होल्डिङ सेन्टर बनाउन,अस्पतालहरूमा शय्या थप तथा अक्सिजनलगायत आवश्यक सामग्रीको व्यवस्था गर्न पनि सरकारसँग कांग्रेसको माग छ। 

