काठमाडौं :नेकपा एमालेको स्थायी समिति बैठक सकिएको छ । बैठकमा आगामी जेठ ६ गते हुने बागमती प्रदेशको राष्ट्रियसभा सभा उपनिर्वाचनबारे छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

जेठ ६ गते हुन गइरहेको बागमती प्रदेशबाट निर्वाचित हुने एक जना राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका बारेमा छलफल गरेका छौँ र यो निर्वाचनमा नेकपा एमाले जिताउने तयारीका लागि विभिन्न सुझावहरु आएका छन्’, बैठक पछि ज्ञवालीले भने, ‘सुझाव अनुसार जनप्रतिनिधिहरूसँग कुरा गर्ने र छलफल अगाडि बढाउने छौ । उम्मेदवारका बारेमा पछि छलफल गर्छौ ।’

यस्तै वैशाख २७ गते प्रधानमन्त्री ओलीले लिने विश्वासको मतका सन्दर्भमा अन्य दलसँगको छलफललाई निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ।

बैठकलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास गए। उनी शीतल निवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *