जारी सिजनको इन्डियन प्रिमियर लिग क्रिकेट रद्द गरिएको छ। कयौँ खेलाडी र कर्मचारीलाई कोरोना संक्रमण भएपछि यो सिजनको आइपिएल रद्द गरिएको हो।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) का उप प्रमुख राजीव शुक्लाले यसबारेको जानकारी दिएका हुन्। दुई दिनयता खेलाडीहरु वरुण चक्रवर्ती, सन्दीप वारियर, रिद्धिमान साहा, अमित मिश्रा र बलिङ कोच बालाजीसमेत ८ खे‍लाडी २ कोचिङ स्टाफ सदस्यलाई कोरोना भएपछि यो कदम चालिएको हो।

यो सिजनको आइपिएललाई पूरै रद्द गरिएमा बोर्डलाई करिब २ हजार करोड घाटा लाग्नेछ। साथै यसै साल भारतको आयोजनामा हुन लागेको टी-२० विश्वकपमा पनि खतराको बादल मडारिएको छ। भारतबाट आयोजकको अधिकार खोसियो भने बिसिसिआईले अझै ठूलो क्षति भोग्नुपर्नेछ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *