काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको छ। मंगलबार बसेको स्थायी कमिटीको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए।

‘यो सरकारलाई समर्थन त छैन, पहिल्यैदेखि भनेका हौँ। भोलि फस्ट आवरमा हामी औपचारिक रूपमा समर्थन फिर्ता लिन्छौं,’ उनले भने। यस्तै बैठकले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीलाई पनि मान्यता नदिने निर्णय गरेको बताए।
वैशाख २७ गतेको प्रतिनिधिसभा बैठकको राजनीतिक आशय र उद्देश्य राम्रो नरहेको माओवादीकले निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

