सुर्खेत :पार्टी नीतिविपरीत काम गरेको आरोपमा नेकपा एमालेद्वारा कारबाही गरिएका प्रकाश ज्वालाले कर्णालीमा फ्लोर क्रम नगरेको प्रष्टीकरण गरेको छन्।

वैशाख ३ गते कर्णाली प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका कारण एमालेको साधारण सदस्य समेत नरहने गरी कारवाहीमा परेका ज्वालाले १७ दिनपछि आफूले फ्लोर क्रस नगरी पार्टी निर्णयको कार्यान्वयन गरेको विज्ञप्तिमार्फत प्रष्टीकरण दिएका छन्।

कर्णाली प्रदेश सरकारका विषयमा नेकपा (एमाले) केन्द्रीय र प्रदेश कमिटीले कुनै आधिकारिक निर्णय नगरेको भन्दै वर्तमान सरकारको निरन्तरताकै लागि मतदान गरेको उनको भनाइ छ। उनले यो प्राविधिक र व्यक्तिगत विषय नभई राजनीतिक निर्णय भएको दाबी गरेका छन्।

ज्वालाले केन्द्रदेखि स्थानीय तहसम्म समस्या बढाउँदै गुटगत रुपमा पार्टी कब्जा गर्ने रणनीति देखिएपछि त्यसलाई चिर्न यस्तो कदम चाल्नु परेको बताएका छन्।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *