आइतबार बढेको सुनको मूल्य सोमबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ सय रूपैयाँ बढेको सुनको मूल्य सोमबार ४ सय रूपैयाँ बढेको हो । आज छापावाल सुनको मूल्य तोलामा ९० हजार ४ सय रूपैयाँ कायम गरिएको छ ।

आइतबार छापावाल सुन तोलामा ९० हजार कायम गरिएको थियो । आज तेजावी सुन तोलामा ८९ हजार ९०० रूपैयाँ तोकिएको छ । त्यस्तै आइतबार स्थिर रहेको चाँदी सोमबार ५ रूपैयाँ बढेको छ । महासंघका अनुसार आइतबार तोलामा १ हजार २९५ रूपैयाँ तोकिएको चाँदी आज १ हजार ३ सय रूपैयाँ कायम गरिएको छ ।

