काठमाडौं :राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन्।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि उक्त मितिका लागि अधिवेशन आह्वान गरिएको छ।

प्रधानमन्त्री ओलीले संविधानको धारा१०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकाले प्रतिनिधि सभाको अधिवेशन राष्ट्रपतिले आह्वान गरेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने चर्चा चलिरहेका बेला प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रक्रिया अघि बढाएका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *