काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्ने भएका छन् ।

दिउँसो साढे ३ बजे कोभिड–१९ महामारी र समसामयिक विषयमा सम्बोधन गर्न लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
सम्बोधनको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनबाट हुने व्यवस्था मिलाइएको उनले जानकारी दिए।

