काठमाडौं । बाँकेको भेरी अस्पतालमा २५ मिनेटको अन्तरालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा उपचाररत बाँकेको जानकी गाउँपालिका–४ की २३ वर्षीया महिला र सल्यानको बागचौर नगरपालिका–१२ का ५२ वर्षीय पुरुषको २५ मिनेटको अन्तरालमा मृत्यु भएको हो ।

ओलीका अनुसार बाँकेको जानकी गाउँपालिका–४ की २३ वर्षीया महिलाको आइतबार बिहान ११ः३० बजे मृत्यु भएको हो भने सल्यानको बागचौर नगरपालिका–१२ का ५२ वर्षीय पुरुषको आइतबार बिहान ११ः५५ बजे मृत्यु भएको हो ।

आइतबार बिहान मात्रै होम आइसोलेसनमा बसेकी बाँकेको कोहलपुर नगरपालिका–२ की ६९ वर्षीय महिला र बैजनाथ गाउँपालिका–७ की उमेर खुल्न नसकेकी एक महिलाको नेपालगञ्ज नर्सिङ होममा कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

बाँकेमा शनिबार एकै रातमा उपचाररत चार जना संक्रमितको पनि मृत्यु भएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *