शुक्रबार ९ सय रूपैयाँ घटेको सुनको मूल्य साताको पहिलो दिन आइतबार १ सय रूपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ८९ हजार ९ सय रूपैयाँ कायम गरिएको छापावाल सुन आइतबार ९० हजार कायम गरिएको हो ।

आज तेजावी सुन तोलामा ८९ हजार ५०० रूपैयाँ तोकिएको छ । त्यस्तै शुक्रबार २० रूपैयाँ घटेको चाँदीको मूल्य आइतबार भने स्थिर रहेको महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी शुक्रबारकै मूल्य १ हजार २९५ रूपैयाँ कायम गरिएको छ ।

