सत्तारुढ दल नेकपा एमालेले स्थायी समितिको आकस्मिक बैठक बोलाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो ।

बैठकमा सहभागी हुनका लागि एमाले स्थायी समितिका सदस्यहरु बालुवाटार पुग्ने क्रममा रहेका छन् । केही सदस्यहरु उपस्थित भइसकेको र केही हुने क्रममा रहेका बालुवाटार स्रोतले जनाएको छ ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव ईश्वर पोखरेलसँग छलफल गरेपछि आकस्मिक बैठक बोलाइएको हो ।

बैठकमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर तथा लुम्बिनी प्रदेशमा विकसित राजनीतिक परिस्थितिका विषयमा छलफल हुने बताइएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *