काठमाडौं :सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शनिबार सम्बोधन गर्दै आगामी आर्थिक वर्ष २०७८/७९ देखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेका हुन्।

प्रधानमन्त्री ओलीका अनुसार आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँ हुनेछ।

हाल श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १३ हजाार ४ सय ५० तोकिएको छ भने दैनिक ५ सय १७ तोकिएको छ। अगामी आर्थिक वर्षदेखि दैनिक ज्याला ५ सय ७७ कायम गरिने प्रधानमन्त्री ओलीले जानकारी दिए।

गत वर्ष श्रमिकहरूको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने भए पनि सरकारले न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न सकेको थिएन।

अघिल्लो वर्ष कोभिड महामारीको विषम परिस्थितिका कारण श्रमिकहरुको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न नसकिएको प्रधानमन्त्री ओलीले बताए।

यस वर्ष पनि श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन हुन नसकेको भन्दै आगामी आर्थिक वर्षबाट लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने प्रधानमन्त्री ओलीले घोषणा गरे।

औपचारिक तथा अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा समेट्न सरकार प्रतिबद्ध रहेको समेत प्रधानमन्त्री ओलीले बताए।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *