विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार गराई रहेका ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ३ जना संक्रमितमध्ये एक जनाको हृदयघातबाट मृत्यु भएको अस्पतालले बताएको छ ।

मृत्यु हुनेहरूमा सप्तरीेको राजविराज–९ का ४५ वर्षीय पुरुष, महोत्तरी–६ का ३५ वर्षीय पुरुष र विराटनगर महानगरपालिका– ५ का ५५ वर्षीय पुरुष रहेका छन् ।
आइसोलेसनमा उपचाररत तीनै जना संक्रमितको आधा घन्टामा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

