काठमाडौं : पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनाल कोभिड उपचारका लागि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन्।

नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रबहादुर सिंहका अनुसार नेता खनाल शनिबार बेलुका अस्पताल भर्ना भएका हुन्।

”कोरोनाभाइरसका कारण बिरामी पर्नुभएका उहाँलाई अस्पताल भर्ना गरिएको छ। उहाँको विभिन्न स्वास्थ्यजाँच भइरहेको छ। पूरा रिपोर्ट आउन केही समय लाग्नेछ,” सिंहले भने।

सत्तारूढ नेकपा एमालेका वरिष्ठ नेता खनाल केही समयअघि उपचारका लागि दिल्ली गएका थिए।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *