विश्व कीर्तिमानको सर्वोच्च धरातलमा आफूलाई उभ्याउँदै गीतकार डा. डीआर उपाध्यायले संसारकै छोटो गीत सार्वजनिक गरेका छन्।उनको ‘नढाटी भन तिमी’ बोलको गीत सार्वजनिक भएको हो।

सागर अधिकारी ‘शरद’को स्वर-सङ्गीत र देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको उक्त गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ।
‘नढाटी भन तिमी
माया गर्छु भनी
सँगै जुनी कटाउँला
तिम्रै साथमा रमाउँला
धड्कीनु धड्कन बनी
छातीमै निदाउँनु तिमी ।’
अठार शब्दमा रचना पूरा भएको यस गीतले विश्वकै छोटो आधुनिक गीतका रूपमा वर्ल्ड रेकर्ड कायम गरेको छ।
नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सर्वाधिक विश्व रेकर्ड कायम गरेका छन्। गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित उनले गीत सङ्गीतका विविध ५१ विधामा विश्व रेकर्ड राखेका छन्।

