काठमाडौं । आन्तरिक उडानतर्फ यात्रुको संख्यामा कमी आएपछि उडान संख्या पनि घटाइएको छ ।

निषेधाज्ञा सुरु भएको दिन बिहीबार काठमाडौं एयरपोर्टबाट १०४ वटा आन्तरिक उडान भएका थिए । यात्रुको संख्यामा कमी आएपछि शुक्रबार २७ वटा उडान संख्या घटेका छन् । शुक्रबार काठमाडौंबाट ७७ वटा उडान हुनेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार शुक्रबार बुद्ध एयरको सबैभन्दा बढी ३५ उडान हुनेछ । यस्तै, यती एयरलाइन्सको २० वटा उडान हुनेछ भने श्री एयरलाइन्सको १२ उडान तय गरिएको छ ।

यसैगरी, नेपाल वायुसेवा निगम र तारा एयरको ४÷४ उडान हुनेछ भने समिट एयरलाइन्सले दुईवटा उडान गर्नेछ ।विमानस्थल कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीले यात्रुको संख्या घट्दो रहेको बताए । हिजो (बिहीबार)को तुलनामा यात्रुको संख्या घटेपछि आज (शुक्रबार) ७७ वटा उडान हुनेछन् । यो क्रम भोलि थप घट्ने देखिन्छ,” उनले भने ।

उनले स्वास्थ्य प्रोटोकललाई ध्यान दिँदै तीनवटा एउटा ब्यागेज लिने व्यवस्था गराइएको बताए । यस्तै, सुरक्षासम्बन्धी माइकिङ, बोर्ड राख्ने, पत्रपत्रिका सूचना प्रकाशित गर्नेलगायत माध्यमबाट प्रोटोकलको पालना गर्न÷गराउन जानकारी गराइरहेको उनले बताए ।

“विमानस्थल कार्यालयबाट गर्नुपर्ने सुरक्षाका व्यवस्था मिलाएका छौँ । स्यानिटाइजरको पनि व्यवस्था गरेका छौँ । सुरक्षाका प्रोटोकल के हो भन्ने विषयमा यात्रुहरुलाई पनि जानकारी पनि छ । त्यसको पूर्ण पालना यात्रुहरुले पनि गरिदिनुपर्‍यो,” उनले भने ।यात्रुबाट स्वास्थ्य प्रोटोकलको पालनामा केही हेलचेक्र्याइँ गरेको देखिए पनि  भयावह स्थिति नरहेको उनले बताए । तिवारीका अनुसार अन्तर्राष्ट्रियतर्फ सरदर ४० उडान तथा अवतरण भइरहेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *