प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले रुसबाट खरीद गर्ने क्रममा रहेको कोभिड–१९ विरुद्धको खोप ‘स्पुतनिक–भी’ तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न रुसी राजदूतलाई आग्रह गरेका छन् ।

नेपालका लागि रुसी महासङ्घका राजदूत अलेक्सेई नोभिकोभसँग भएको भेटमा प्रधानमन्त्री ओलीले सो आग्रह गरेका हुन्

राजदूत नेभिकोभसहितका प्रतिनिधिले नेपाललाई खोप उपलब्ध गराउनेतर्फ आफूहरु सकारात्मक रहेको जवाफ दिएका थिए ।औषधि व्यवस्था विभागले ‘स्पुतनिक–भी’ लाई नेपालमा प्रयोग गर्नका लागि अनुमति प्रदान गरिसकेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटमा  दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन गरिएका प्रयासलाई थप गति दिनेबारे पनि छलफल भएको  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *