काठमाडौं । कोरोना महामारीका कारण काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहरहरुमा जारी निषेधाज्ञाका कारण सुनचाँदीको कारोबार प्रभावित भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले निषेधाज्ञा जारी रहेका स्थानमा सुनको कारोबार पनि हुन नसक्ने जनाएको छ । यस्तो अवस्थामा बैंकहरुले सुरक्षाको कारण देखाउँदै सुन आयात गर्न अप्ठ्यारो हुने जनाएकाले सुन आयात हुन पनि कठिनाइ भएको जनाएको छ ।

निषेधाज्ञा अवधिभर महासंघको कार्यालय बन्द गर्ने निर्णय गरिए पनि केही जिल्लामा कारोबार भइरहेकोले सुनचाँदीको दरभाउ भने तोक्दै आएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।मोफसलका केही जिल्ला र सहरहरु मात्र खुलेकाले दैनिक २० किलो सुन ल्याउन आवश्यक नदेखिएको पनि उनले बताए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *