ज्योति लाइफ इन्स्योरेन्सको खुद नाफा ४.८९ प्रतिशत बढेको छ । हालै मात्र आइपीओ निष्काशन गरेको इन्स्योरेन्सको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा इन्स्योरेन्सको खुद नाफा ४.८९ प्रतिशत बढेको हो । सो अवधिसम्ममा इन्स्योरेन्सले १२ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो बैंकले जनाएको छ ।

चैत मसान्तसम्ममा इन्स्योरेन्सले २ अर्ब २१ करोड ८ लाख रुपैयाँ बराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १००.९७ प्रतिशत बढी हो । समीक्षा अवधिमा इन्स्योरेन्सको चुक्ता पुँजी ४२.८६ प्रतिशत बढेको छ भने जगेडा कोष ६०.५८ प्रतिशत, बीमा कोष १४८.९५ प्रतिशत र महाविपत्ती कोष ६०.५८ प्रतिशत बढेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *