गुल्मीदरवार गाउँपालिका वडा नम्बर ४ बिरबास वडा कार्यलयका कार्यबाहक अध्यक्ष लेख बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमण नियन्त्रणका लागी वडा स्तरिय महत्त्वपूर्ण निर्णयहरु गरेको छ।

निर्णयहरू यस प्रकार छन।
* बिरबास वाड भित्रका सम्पुर्ण पसलहरु बिहान ७-१० र साझ ५-७ बजे सम्म स्वास्थ्यका मापदण्ड अपनाउनाएर खोल्न पाइने,
* हेयर सैलुन र ब्युटीपार्लर पुर्ण रुपमा बन्द हुने,
*औषधि पसल तथा स्वास्थ्य चौकि २४ सै घन्टा सामाजिक दुरि र आबश्यक स्वास्थ्य मापदण्ड अपनाउनाएर खोल्न सकिने ,
* निर्माणका कामलाई स्वास्थ्य मापदण्ड अपनाइ सुचारु गर्न सकिने ,
*विभिन्न खेलकुदका कार्यहरु (ब्याटमिन्ट्न , भोलिबल, क्रीकेट , स्नोकर र अन्य कुनै पनि ) खेल्न नपाइने ,,
*सभा समारोह , गोष्ठी , तालिम , सेमिनार , बनभोज जस्ता कार्य गर्न नपाइने,
* भारत तथा अन्य देशबाट आउने नागरिक अनिवार्य १० दिन सम्म होम क्वारेन्टाइन बस्नु पर्ने,,
टोलगत रुपमा होम क्वारेन्टाइन ब्यबस्थापनको लागि साबिक १ बाख्रेमा पुस्त राज कंडेल , २ रिमि/ रुमापोखरामा वीर बहादुर कार्की ,३ बन्द्रखुट्टा घोर्लिखर्क नेत्र प्रसाद चुदाली , ४ अरकडाडा लेख नाथ अर्याल , ५ हुमकुमारी अर्याल , ६ भट्टेचौर सुरज राकस, ७ मिसुगा नन्द बहादुर पुन, ८ बिरबास सागर खनाल र ९ जिमि यम बहादुर रजालीलाई टोल समिति को संयोजक जिम्मा दिइएको कुरा कार्यबाहक अध्यक्ष श्रीमान लेख बहादुर कार्की ले जानकारी गराउनु भयो।
साथै कोरोना नियन्त्रणका लागी सबै पक्षलाई समन्वयको लागी पनि कार्कीले इनुरोध गर्नु भएको छ।

