आज २०७८ साल बैसाख १६ गते बिहिवार, तदअनुसार अप्रिल २९, २०२१
आजको राशिफल
मेष
आज स्वास्थ्यप्रति सजग रहन आवश्यक छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मनमा दुविधा पनि उत्पन्न रहला ।

वृष
स्वादिष्ट खानपिन खान पाइएला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाटको अवसर मिल्नेछ ।

मिथुन
आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने र स्वादिष्ट भोजन मिल्नेछ ।

कर्कट
राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको काम भने आधुरै रहला ।

सिंह
आज मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भय पनि छ, सचेत रहनुहोला ।

कन्या
ठीक समयमा सही निर्णय लिन सकिनेछ । कला, साहित्यमा रुचि बढ्नेछ । सामाजिक कार्य अघि बढ्नेछ । कृषि कारोबारमा सफलता मिल्नेछ ।

तुला
महत्त्वपूर्ण कामको थालनी हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । समाजसेवामा मन लाग्ला । शिक्षामा सामान्य सफलता मिल्नेछ ।

वृश्चिक
व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने र नयाँ योजना बन्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

धनु
प्रेममा मनमुटाव आउनेछ । आफ्नो विचार विपरित निर्णय हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ ।

मकर
आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तसँग भेटाघाटा पनि पाइनेछ ।

कुम्भ
नसोचेको ठाउँबाट धनागम हुनेछ । घर परिवार सँग समय व्यतीत हुनेछ । मनोरञ्जनमा पूर्वक दिन बित्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

मीन
स्वादिष्ट सुखद् भोजन मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । साथीभाइसँग समय बित्नेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

साभार : हाम्रो पात्रो

Leave a Reply

Your email address will not be published. Required fields are marked *