काठमाडौं – प्रजनन् स्वास्थ्य सम्बन्धि गरिएको जाँचहरुमा केहिअसामान्यता नदेखिनु भनेकै अज्ञात करणले गर्भधारणमासमस्या भएको बुझ्नु पर्छ । यसमा निम्न कुराहरु हुन सक्छ ।

विभिन्न तनावका कारण वा अत्याधिक थकानका कारण यौनसम्बन्ध पर्याप्त नहुने
दुरीका कारण धरै लामो समय देखि यौन सम्पर्क नभइरहेको हुनसक्ने
महिनावारीको चक्रलाई ख्याल नगर्दा उच्च उर्वर समयमा यौनसम्पर्क नहुने
महिला शरीरमा पर्याप्त अण्डा भएपनि अण्डाको गुणस्तर उचितनभएको हुन सक्ने
पुरुषको शुक्रकिटको बनोट, चाल र संख्या उचित भएपनिअनुवंशिक समस्या भएको हुन सक्ने
महिलाको पाठेघरभित्रको वातावरण भ्रूण टाँसिन वा वृद्धि हुनउचित नहुन सक्ने
महिलाको शरीरमा शुक्रकिट प्रवेश गर्नासाथ निष्क्रिय हुने
महिलाको शरीरले उत्पादन गर्ने एन्टीबडीले शुक्राणुलाईनिष्क्रिय पारिरहेको हुन सक्ने
महिलाको शरीरले पर्याप्त समयसम्म भ्रूणलाई उचित स्थानमाराख्न नसक्दा गर्भपात हुने
प्रारम्भिक तहका इन्डोमेट्रियोसिसको समस्या हुन सक्ने
महिलाको शरीरमा पुगेर पनि शुक्राणुले डिम्बलाई निषेचन गर्ननसक्ने
यस्तै थुप्रै कारणले गर्भधारण नभएको हुन सक्छन् जुन विशेषनिगरानीमा राखेर पटक पटक जाँच गर्दै विकास क्रमलाईनियाल्दै निर्क्यौल गर्न सकिन्छ र सफलता पाउन सकिन्छ ।
अज्ञात कारणले गर्भधारणमा समस्या आए के गर्ने ?
अज्ञात कारणले गर्भधारण हुने समस्या देखिएमा आफन्त रआत्मीय मित्रबाट सहयोगको आवश्यकता पर्न सक्छ ।सकारात्मकता बढाउन वा मनोबल सबल बनाउन आफ्नानजिकका मानिसहरु, चिकित्सक वा यस्तै समस्या भएकामानिसहरुको सहयोग समुहको सहयोग लिन सकिन्छ ।
त्यस्तै, आफ्नो खानपानमा सुधार गर्न सक्नुहुन्छ । प्रजनन्विकासमा सहयोग पुर्याउने भिटामिन भरपुर मात्रामा भएकोखाना खाने गर्नुपर्छ । मद्यपान, धुम्रपान वा लागूपदार्थको सेवनबन्द गर्नुपर्छ ।
कतिपय अवस्थामा तनावले पनि सन्तान प्राप्तिमा बाधापुर्याइरहेको हुन सक्छ त्यसैले तनाव कम गर्ने योग वा व्यायामगर्नुपर्छ । औषधि सेवनबाट पनि सन्तान प्राप्तिको बाटो खुल्नसक्छ त कहिले अन्य आधुनिक उपचार विधि पनि अपनाउनु पर्नेहुन सक्छ ।
(वास्तल्य आइभिएफ सेन्टरले प्रकाशित गरेको लेख)
