बुधबार बिहान उत्तरपूर्वी भारतको असममा ६.४ म्याग्नेच्युडको भूकम्प गएको छ। उक्त भूकम्पको धक्का पूर्वी नेपालका केही भागमा पनि महसुस गरिएको छ।

भारतको नेसनल सेन्टर अफ सेस्मोलोजीका अनुसार असमको सोनितपुर केन्द्रबिन्दु बनाएर बिहान ७:५१ मा भूकम्प गएको हो।
असमलगायत उत्तर बंगालमा पनि भूकम्पको महसुस भएको छ । करिब ३० सेकेन्डसम्म भूकम्पको धक्का महसूस भएको स्थानीयहरूले त्यहाँका सञ्चार माध्यमलाई बताएका छन्।
असमका धेरै घरहरू चर्किएका छन्। कतिपय स्थानमा भत्किएको समाचार पनि आएका छन्।
भूकम्पको विस्तृत क्षति विवरण भने आउन बाँकी छ।
