काठमाडाैं : आज बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा महिला ३३५, दलित १५५ र युवा २०५ सहितको समावेशी कमिटी बनाउने निर्णय गरेको छ।

पार्टी कार्यालय पेरिसडँडामा दिउँसो ३ बजे बसेको बैठकले पार्टीको संगठनात्मक संरचनाबारे यस्तो निर्णय गरेको हो। बैठकपछि नेता जनार्दन शर्माले पार्टी निर्माणको लागि यो निर्णय दूरगामी महत्वको हुने बताएका छन्।

साथै बैठकले कोभिडविरुद्ध लड्न सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसमक्ष माग पनि गरेको छ। सीमामा कडाइ गर्दै अनिवार्य स्वास्थ्य मापदण्ड बनाएर ,पूरा गरेर मात्र आउने व्यवस्थाको पनि बैठकले माग गरेको छ। अक्सिजन, आइसियू, भेन्टिलेटर र आइसोलेसन सेन्टरको व्यवस्था गर्न पनि सरकारसमक्ष बैठकले माग गरेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *