काठमाडौँ, साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज १ सयले घटेको हो । आइतबार सुन आज ९ सयले घटेको थियो। सोमबार स्थिर रहेको थियो।

गत हप्ता आइतबार सुन २ सयले बढेको थियो।सोमबार ३ सयले बढेको सुन मंगलबार ३ सयले नै घटेको थियो । यस्तै बुधबार १३ सयले बढेको थियो भने बिहीबार ३ सयले बढेको थियो। शुक्रबार २ सयले बढेको थियो।
आज छापावाला सुनको प्रतितोला ९१ हजार २ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार ७ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
चाँदीको मूल्य आज ५ रुपैयाँले बढेको छ। आज चाँदी तोलामा एक हजार ३१५ मा कारोबार भइरहेको छ।
