काठमाडौं : कोरोना भाइरस संक्रमणको गति तिब्र रुपमा बढेपछि ८ जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ ।  काठमाडौं, भक्तपुर र ललितपुरसहित आठ जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।
बाँकेमा सोमबारदेखि निषेधाज्ञा जारी गरिएको छ । उपत्यकामा वैशाख १६ बाट लागू हुनेगरी निषेधाज्ञा घोषणा गरिएको छ भने सुर्खेत र कैलालीमा मंगलबारबाट निषेधाज्ञा जारी गरिएको छ ।

कास्कीमा वैशाख १५ बाट , पर्सामा १६ गतेबाट निषेधाज्ञा लागू गर्ने निर्णय  गरिएको छ ।  बागलुङ, कालिकोट र बर्दियामा आंशिक क्षेत्र तोकेर निषेधाज्ञा लागू गरिएको गृह मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *