rain

काठमाडौं : पूर्वी भु-भागमा न्यून चापिय रेखाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार प्रदेश नं १, २ का केही भु-भागलगायत देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा आंशिक बदली र बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो प्रदेश नं १,२ लगायत देशका अन्य पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित क्षणिक बर्षाको सम्भावना छ।

राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

मौसम पूर्वानुमान महाशाखाकाका अनुसार बुधबार दिउँसो प्रदेश नं १,२ लगायतका देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित क्षणिक बर्षाको सम्भावना रहेको छ।

राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित क्षणिक बर्षाको सम्भावना छ।

बिहीबार दिउँसो देशका तराईका भु-भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा र तराईका एक-दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित क्षणिक बर्षाको सम्भावना रहेको छ।

राती देशका तराईका भु-भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका  एक-दुई स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित क्षणिक बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अन्नपुर्णपोष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *