काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले कोभिड १९ संक्रमणमा सरकार नै नियमको उल्लंघनमा लागेको आरोप लगाएका छन्।

पार्टीका बैठक, धरहरा उद्घाटन, शिलान्यासहरुमा सयौंको भीडमा प्रधानमन्त्री ओली नै सहभागी भएका कारण रावलले सामाजिक सञ्जाल-ट्वीटरमार्फत आरोप लगाएका हुन्।
‘कोरोनाबाट जोगिन अरूलाई भेला, बैठक, समारोह नगर्न भन्ने तर प्रम ओली र उहाँका निकटस्थहरू भेला, बैठक, समारोह गरिरहने, यो के हो?’ रावलले प्रश्न गरेका छन्, ‘प्रम ओली गुटलाई सरकारी निर्णय लाग्दैन र?”

