काठमाडौं : सरकारको निर्णय विपरीत विद्यालय सञ्चालन गर्ने सप्तरीका आठवटा निजी विद्यालयका सञ्चालकसहित ११ जना शिक्षक पक्राउ परेका छन्।

उनीहरूलाई सोमबार बिहान नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

‘सरकारले सदरमुकामका निजी तथा सामुदायिक स्कुलहरू बन्द गर्ने निर्णय गरेको थियो,’ उनले भने, ‘तर, ती नियम उल्लंघन गरेर स्कुल सञ्चालन गरिएको पाइएपछि आठवटा स्कुलका सञ्चालकसहित ११ जना पक्राउ गरेका हौं।’

उनले उनीहरूलाई के कारबाही गर्ने भन्ने विषयमा छलफल चलिरहेको जानकारी दिए।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *