काठमाडौँ, नेपालमा आज ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये एन्टीजेन परीक्षणबाट ११४ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ।

यससँगै संक्रमितको कूल संख्या ३ लाख ३ हजार ५६१ जना पुगेको छ। आज देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ४३४ जना रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७८ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७७ हजार ९५१ पुगेको छ।
आज १२ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १७६ पुगेको छ। नेपालमा हालसम्म २४ लाख १७ हजार ४१७ जनाको पीसीआर परीक्षण गरिएको छ।

