काठमाडौँ : आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो ।

देशभर फैलिएको कोभिड-१९ रोकथाम र नियन्त्रणबारे बैठक केन्द्रित हुने बताइएको छ । आइतबार कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गाउँ र सहरमा संक्रमित संख्या तोकेर निषेधाज्ञा गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो । सीसीएमसीले गाउँ क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० जना भन्दा बढीमा कोभिड १९ संक्रमित भेटिए निषेधाज्ञा गर्न सरकारलाई सिफारिस गरेको थियो । उक्त सिफारिसबारे निर्णय हुने एक मन्त्रीले जानकारी दिए ।
बैठकले स्वास्थ्य मापदण्ड पालना गर्न, भिडभाड नगर्न सबैलाई आग्रह गरेको छ ।

