काठमाडौं : त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको सबै तहका परीक्षा गर्ने नगर्ने बारे बैठकबाट निर्णय गर्ने हुने भएको छ। त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आज बिहानको परीक्षा भएको छ र दिउँसोको परीक्षा पनि सञ्चालन गर्ने योजना रहेको छ ।

त्रिविमा १ बजे परीक्षा सञ्चालक समितिको बैठक र त्यसपछि उपकुलपतिको बैठक बस्दै छ। अनि परीक्षा सञ्चालन गर्ने नगर्नेबारे निर्णय गरिने उनले बताए ।

अहिले त्रिविमा स्नातकको दोस्रो वर्षको परीक्षा चलिरहेको छ । त्यसमा दुई विषयको परीक्षा मात्र बाँकी रहेको छ । परीक्षा नियन्त्रक जोशी भन्छन्, “सम्भव भएसम्म परीक्षा सञ्चालन गर्छौं । बरु नयाँ सञ्चालन गर्दैनौं । दुईवटा विषय मात्र बाँकी रहेकाले नअड्काउने कि भन्ने सोच हो । पुराना विषय सकाए विद्यार्थी ढुक्कले घर फर्कन पाउँथे ।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *