काठमाडौँ ,साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ। आइतबार सुन आज ९ सयले घटेको थियो।

गत हप्ता आइतबार सुन २ सयले बढेको थियो।सोमबार ३ सयले बढेको सुन मंगलबार ३ सयले नै घटेको थियो । यस्तै बुधबार १३ सयले बढेको थियो भने बिहीबार ३ सयले बढेको थियो। शुक्रबार २ सयले बढेको थियो ।
आज छापावाला सुनको प्रतितोला ९१ हजार ३ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार ८ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
चाँदीको मूल्य पनि आज स्थिर छ। आज चाँदी तोलामा एक हजार ३१० मा कारोबार भइरहेको छ।
