सुर्खेत : संसदीय दलको ह्वीप उल्लंघन गर्दै माओवादी नेतृत्वको सरकार जोगाएका एमालेका चारजना कर्णाली प्रदेश सांसद पदमुक्त भएका छन् ।

सोमबार बसेको प्रदेश सभाको बैठकमा सभामुख राजबहादुर शाहीले चारै जना सांसदको पद रिक्त भएको जानकारी दिए । पार्टीको ह्वी विपरीत मतदान गरेका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्मरबहादुर थापाको सांसद पद रिक्त भएको हो ।
बैशाख ३ गते संसद्मा मुख्मयन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध परेको अविश्वासको प्रस्तावका बेला उनीहरुले शाहीको पक्षमा उभिएर सरकार जोगाइदिएका थिए ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ ९१० र कर्णाली प्रदेशसभा नियवामली २०७४ नियम ९९० बमोजिम एमाले संसदीय दलले चारै जना सांसदले दल त्याग गरेको पत्र प्रदेशसभा सचिवालयलाई जानकारी गराएपछि कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम १९१ बमोजिम सभामुखले सांसदहरु पदमुक्त भएको घोषणा गरेका हुन्
