काठमाडौँ : कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले चालू अवस्थामा रहेका सबै तहका परीक्षाहरू आजदेखि नै स्थगित गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । यसअघि मन्त्रिपरिषद बैठकले चालु रहेको परीक्षा नरोक्ने निर्णय गरेको थियो ।

बैठकले स्वास्थ्य मापदण्ड पालना गर्न, भिडभाड नगर्न सबैलाई आग्रह गरेको छ । त्यस्तै गाउँ क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० बढी संक्रमित भेटिए निषेधाज्ञा लगाउन पनि सीसीएमसीले सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
