काठमाडौ। साताको पहिलो आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन आज ९ सयले घटेको हो।

गत हप्ता आइतबार सुन २ सयले बढेको थियो।सोमबार ३ सयले बढेको सुन मंगलबार ३ सयले नै घटेको थियो । यस्तै बुधबार १३ सयले बढेको थियो भने बिहीबार ३ सयले बढेको थियो। शुक्रबार २ सयले बढेको थियो ।

आज छापावाला सुनको प्रतितोला ९१ हजार ३ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार ८ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

चाँदीको मूल्य भने आज २५ रुपैयाँले घटेको छ। आज चाँदी तोलामा एक हजार ३१० मा कारोबार भइरहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *