काठमाडौं: पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले     सरकार अहिलेको प्राथमिकता छाढेर अन्यत्र लागेको     बताएका छन्।

    समाजिक सञ्जाल ट्विटर मार्फत अहिलेको पहिलो प्राथमिकता कोरोनाको दोस्रो लहरबाट जनताको जीवन रक्षा रहेको बताउँदै उनले यसका लागि उचित कदम चाल्न आग्रह गरेका हुन्।

  शिलान्यास र उद्घाटनको साटो अस्पतालमा अक्सिजन सिलिन्डर, भेन्टिलेटरलगायत आवश्यक सामग्रीको युद्धस्तरमा जोहो गर्न अपिलका साथैभारतीय सिमानामा उचित व्यवस्थापन गरी महामारीबाट आम जनतालाई जोगाउन समेत भट्टराईले सरकारसँग आग्रह गरेका छन् ।

‘कोभिड–१९को घातक दोस्रो लहरबाट जीवनरक्षा आजको पहिलो राष्ट्रिय प्राथमिकता हो! विश्वको हटस्पट बनेको भारतसँगको खुला सिमानामा आवश्यक व्यवस्थापन गरौं,’ उनले ट्विट गर्दै भनेका छन्।”

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *