बाँके, बैशाख १२ गते । बाँकेका दुई अस्पतालमा पछिल्लो १२ घण्टा शनिबार साँझदेखि आईतबार विहान सम्म चारजना कोरोना सङ्क्रमितको उपचारको क्रममा निधन भएको छ । कोरोना सङ्क्रमण भई घरमै एकान्तवासमा रहनुभएका एक व्यक्तिले आत्महत्या गरेको जिल्ला कोभिड १९ सङकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
शनिबारराती कोहलपुर शिक्षण अस्पतालमा कोहलपुर १० कि ३६ वर्षिया महिलाको निधन भएको छ । भेरी अस्पतालमा खजुरा ३ कि ४७ वर्षिया महिला र नेपालगन्ज ११ का ६० वर्षिया पुरुषको निधन भएको हो । बाँकेको कोहलपुरमा एकजना कोरोना संक्रमितले आत्महत्या गरेका छ्न ।
कोहलपुर ९ का ६० वर्षिय पुरुषले शनिबारराती घरमै आत्महत्या गरेको जिल्ला कोभिड १९ सङ्कट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो । बैशाख ३ गते पोजिटिभ भए पनि स्वास्थ्य अवस्था सामान्य भएका कारण उहाँ घरमै आइसोलेसनमा बस्नुभएको थियो ।
शनिबार राती नै संविधानसभा सदस्य मोहम्मदी सिद्धिकीको भेरी अस्पताल नेपालगञ्जमा उपचारकोक्रममा निधन भयो । कोरोना सङ्क्रमण भएपछि उहाँलाई भेरी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो । सिद्धिकी राजनीतिसँगै समाज सेवामा समेत सक्रिय रहनुभएको थियो । उहाँ फातिमा फाउण्डेशन नामक संस्थामार्फत मुस्लिम तथा मधेसी समुदायको शिक्षा, स्वास्थ्य र चेतना अभिवृद्धिमा निरन्तर सक्रिय रहदै आउनुभएको थियो ।
चैतयता कोरोना सङ्क्रमण बढेपछि बाँकेको भेरी अस्पताल र शिक्षण अस्पतालमा विरामीको चाप अत्याधिक बढेको छ । अस्पतालमा सय्यासँगै जनशक्तिको समेत अभाव देखिएको छ । नेपालगञ्जमा बैशाख ९ गतेदेखि बन्दाबन्दी घोषणा गरिएको छ । कोहलपुर नगरपालिकाले बन्दाबन्दी घोषणाका लागि जिल्ला प्रशासन कार्यालय बाँकेमा सिफारिस गरेको कार्यपालिका सदस्य डिलवहादुर परियारले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *