काठमाडाैं : कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सबै तहका सबै किसिमका परीक्षाहरू स्थगित गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।

सीसीएमसीकाे आइतबार बसेकाे बैठकले सबै तहका सबै किसिमका परीक्षाहरू सोमबारदेखि नै स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेकाे हाे। बैठकमा सहभागी संघीय मामिला मन्त्री गणेश ठगुन्नाले सबै किसिमका परीक्षाहरू स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेकाे जानकारी दिए।
उनले सीसीएमसीकाे सिफारिस मन्त्रिपरिषद् बैठकमा पेस गरिने बताए। मन्त्रिपरिषद्ले स्थान हेरेर निषेधाज्ञा जारी गर्ने अधिकार जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई यसअघि नै दिइसकेको छ।
