काठमाडौं : कोरोना संक्रमण भएपछि शनिबार अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्थामा सुधार भइरहेको अस्पतालले जनाएको छ ।

उनीहरुको स्वास्थ्यमा सुधार हुँदै आएको नर्भिक अस्पतालका कर्पोरेट कम्यनिकेसन एन्ड पिआर डिपार्टमेन्ट प्रमुख सोमनाथ बास्तोलाले बताएका छन् ।

पूर्वराजासहित उनको परिवारका तीन सदस्यको शनिबार दिउँसो १ बजेदेखि नर्भिक अस्पतालमा उपचार भइरहेको छ । केही दिनअघि उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो।उनीहरुको आइतबार साँझसम्मको अवस्था स्थिर र सामान्य रहेको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *