चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले २ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.६८ प्रतिशत कम हो। समीक्षा अवधिमा कम्पनीको आम्दानी बढेपनि खर्च नियन्त्रण गर्न नसक्दा खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १०१.०६ प्रतिशत बढेको छ भने जम्मा सञ्चालन खर्च ३०९.०६ प्रतिशत बढेको छ। जसले गर्दा आम्दानी बढेपनि नाफा घट्न पुगेको हो।
चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८७ पैसा रहेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९५ पैसा कम हो। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ८४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.५७ गुणा रहेको छ।
