eye

काठमाडौं – विशेषगरी सुन्दर बन्न चाहने र मेकअपमा इन्ट्रेस्टहुनेहरूले आँखीभौँ मिलाइरहेका हुन्छन् । यसरी मिलाउनेआँखीभौँ एकै प्रकृतिको चाहिँ हुँदैन । फेसको आकार रआँखीभौँको प्रकृतिअनुसार यसको शृंगार गरिन्छ । मानिसफरक–फरक प्रकृतिको आँखीभौँ बनाउन चाहन्छन् । विशेषगरीआँखीभौँ चार प्रकारका हुन्छन् । तर, अनुहारअनुसारको सेप दिनपनि सकिन्छ ।

ओभल सेप
यो अन्डा आकारको आँखीभौँ हो । यस्तो आँखीभौँ गोलो रडल्लो अनुहारका लागि निकै म्याच गर्छ । मंगोलियन फेसकालागि यो निकै राम्रो हुन्छ । यस्तो आँखीभौँको फलो गर्नेहरू पनिनिकै छन् ।

र्‍याप्टिंगल सेप
यो चन्द्रमा आकारको आइसेप हो । यस्तो प्रकृतिको आँखीभौँअलिकति लाम्चो आकारको अनुहारमा सुट गर्छ । आर्यनफेसका लागि यो निकै राम्रो हुन्छ ।

भी सेप
भी सेप धेरै मानिसका लागि सुट गर्छ । सानो चिटिक्क अनुहारभएकालाई यस्तो सेप निकै राम्रो हुन्छ ।

लाइनिङ
सीधा लाइनिङ बनाएर पनि आँखीभौँको शृंगार गर्न सकिन्छ ।यस्तो सेप बाक्लो र पातलो बनाउँदा निकै ध्यान दिनुपर्ने हुन्छ ।ठूलो फेस भएकालाई बाक्लो बनाउँदा पनि राम्रो हुन्छ र सानोअनुहार भएकालाई चाहिँ बाक्लो त्यति राम्रो हुँदैन । त्यस्तै, पातलो खालको आँखीभौँ भएमा त्यस्तालाई मोटो गरीमिलाउनुपर्छ र पातलो र छरिएको छ भने अलि बाक्लो राख्नुपर्नेहुन्छ ।

कति समयमा मिलाउने ?
एकपटक आँखीभौँ मिलाइसकेपछि पुनः कहिले पार्लर जाने तभनेर धेरैलाई कन्फ्युज हुन सक्छ । तर, फरक–फरक मानिसकोआँखीभौँ ग्रोथको अवधि पनि फरक–फरक हुन्छ । प्रायःमानिसको १० दिनदेखि आँखीभौँ देखिने गरी उम्रिन थाल्छ ।त्यसैले आफ्नो आँखीभौँको प्रकृति हेरी १० दिनदेखि एकमहिनासम्ममा मिलाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *