आज २०७८ साल बैसाख ११ गते शनिवार, तदअनुसार अप्रिल २४, २०२१

मेष
यो साता धन हात पर्ने र भौतिक सुख मिल्नेछ । राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । साताको अन्त्यमा शेयर बजार तथा व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला । यो साताका लागि शुभ अङ्क ३, ५ र शुभ रङ्ग नीलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
वृष
यो सातामा शुभकार्यको चर्चा चल्ने र नयाँ कार्यको योजना बन्नेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । पुरानो र बिर्सिसकेको साथीको सम्झना आउनेछ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ । महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । यो साताका लागि शुभ अङ्क २, ८ र शुभ रङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको स्मरण गर्नाले राम्रो हुनेछ ।
मिथुन
यो साता शुभकार्यमा सरिक भइनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै रहनेछ । मध्य सातामा प्रेममा बाधाका साथै मन कमजोर रहला । आज आर्थिक कारोबारमा विवाद बढ्नेछ । यो साताका लागि शुभ अङ्क ३, ५ र शुभ रङ्ग रातो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कर्कट
यो सातामा रोकिएका काम पुनः सुरु हुन सक्छन् । आज आकस्मिक धनलाभ हुनसक्छ । नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ । प्रेमप्रसङ्गमा रमाइलोपन आउनेछ । सन्तानबाट सहयोग मिल्नेछ । कृषि क्षेत्रको काम अघि बढ्नेछ । यो साताका लागि शुभ अङ्क ४, ७ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिव भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
सिंह
यो साता आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । कृषि क्षेत्रबाट सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनमा सहभागिता भइएला । यो साताका लागि शुभ अङ्क २, ५ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
कन्या
यो साता बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । कार्यक्षेत्रमा अरुले गरेका भनेका कुरा चित्त नबुझला । मालसामान हराउन सक्छ, होसियार रहनु पर्छ । मध्य सातामा विद्या र बुद्धिको विकास हुनेछ । विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ । यो साताका लागि शुभ अङ्क ३, ८ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
तुला
यो सातामा दिनहरू भाग्यशाली भएर देखा पर्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । सहयोग गर्ने र आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । व्यावसायिक योजनाको सम्भावना पनि छ । हरियो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्याउनेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग गुलाबी वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्णजीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
वृश्चिक
यो साता धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । घरमा अतिथिको आगमन हुनेछ । आफन्तको सल्लाह, सहयोग र हौसला पाईनेछ । साताको मध्यमा दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यो साताका लागि शुभ अङ्क ४, ७ र शुभ रङ्ग घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
धनु
यो हप्ता शुभ समाचार सुन्न पाइएला । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । समाजमा प्रभाव पार्न सकिनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । प्रेमिले नयाँ प्रस्ताव राख्न सक्छन् । वैदेशिक क्षेत्रको काम पनि विस्तारै अघि बढ्नेछ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पहेंलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
मकर
यो हप्तामा गरेको कार्यमा अवरोध आउला । सामान हराउने वा चोरी हुने भयछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला । साताको मध्यबाट छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग खैरो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यनारायणको दर्शन गरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कुम्भ
यो सातामा मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । नसोचेको ठाउँबाट धन हात पर्नसक्छ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । मध्य सातामा जिद्दीपना बढ्न सक्छ। विचार पुर्याएर निर्णय लिनु राम्रो होला । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग कालो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शन गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।
मीन
यो साता बढी मिहनेतले बढी फाईदा मिल्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । मनोरञ्जन पनि होला । साताको अन्त्यमा महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । यो साताका लागि शुभ अङ्क २, ८ र शुभ रङ्ग गुलाबी वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल
स्रोत : हाम्रो पात्रो
