काठमाडौं : राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका निम्ति जेठ ६ गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले समय तोकेको छ ।

उपनिर्वाचन घोषणा गरेको आयोगले निर्वाचन प्रयोजनका लागि वैशाख १० देखि १४ गतेसम्म दल दर्ता गर्न राजनीतिक दलहरुलाई समय दिएको हो ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रिय सभा सदस्य रामबहादुर थापा बादल नेकपा एमालेमा प्रवेश गरेपछि उनी पदमुक्त भएकाले सो स्थानका लागि उपचुनाव हुन लागेको हो।

बिहीबार नै उपनिर्वाचनको तयारी थालेको आयोगले जनाएको छ, ‘राष्ट्रिय सभा सदस्य उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न निर्वाचन आयोग सबै सरोकारवालाहरूसँग हार्दिक अनुरोध गर्दछ ।’

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *