काठमाडौं : प्रधानमन्त्री केपी ओलीको प्रस्तावमा एमालेको दशौ महाधिवेशन आयोजक समिति बैठकले नयाँ स्थायी समिति गठन गरेको छ ।

बिहीबार राती बालुवाटारमा पार्टी अध्यक्ष ओलीसँग भएको वार्तालापमा विमति भएपछि दुईवटा रोटी खाएर निस्किएका नवौं महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष वामदेव गौतमलाईसमेत समेटिएको नयाँ स्थायी समितिमा रामबहादुर थापा बादललाई मर्यादाक्रमको चौथो नम्बर दिइएको छ भने प्रचण्डको साथ छाडी मन्त्री बन्न गएका टोपबहादुर रायमाझी,लेखराज भट्ट,मणि थापालाई पनि समेटिएको छ । प्रभु साह भने याे लटमा परेका छैनन् ।

१९ सदस्यीय नयाँ स्थायी समितिमा १५ नेता एमाले पृष्ठभूमिका छन् ।यस समितिमा महिला भने एकजना पनि अटाउन सकेनन्।

१. केपी शर्मा ओली

२. वामदेव गौतम

३. ईश्वर पोखरेल

४. रामबहादुर थापा बादल

५. विष्णु पौडेल

६. सुवास नेम्वाङ

७. शंकर पोखरेल

८. प्रदीप ज्ञवाली

९. लेखराज भट्ट

१०. टोपबहादुर रायमाझी

११. सत्यनारायण मण्डल

१२. विष्णु रिमाल

१३. छविलाल विश्वकर्मा

१४. पृथ्वीसुब्बा गुरुङ्ग

१५. रघुबीर महासेठ

१६. किरण गुरुङ

१७. केशव बडाल

१८. पुष्पराज कडेंल

१९. मणि थापा

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *