काठमाडौं: नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दै छ। बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने आजको बैठक वैशाख ६ गतेकै निरन्तरता रहेको बताइएको छ। यसअघिकाे बैठकले प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जना माधवपक्षीय नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

आजको बैठकमा नेताहरुले बुझाएको स्पष्टीकरणमाथि छलफल गरी थप कारबाहीको निर्णय हुन सक्ने बताइएको छ।

